Logo

ए डिभिजन लिग विजेताले ७५ लाख पाउने

ई-खेलकुद २०७८ कात्तिक १२ , शुक्रबार ०३:१० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको विजेता टोलीले ७५ लाख पाउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले लिग विजेताले पाउने पुरस्कार राशी सार्बजनिक गरेको हो ।

लिगको उपविजेताले ५० र तेस्रो हुनेले २५ लाख पाउने छन् । कात्तिक २९ गते हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फागुन दोस्रो सातासम्म चल्ने प्रतियोगिता सिंगल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ । लिगमा ुएु डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?