Logo

ए डिभिजन लिग: ब्रिगेडसंग पुलिसको बराबरी

ई-खेलकुद २०७८ पुस २६ , सोमबार ०४:०१ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आठौं चरणको अन्तिम खेल बराबरीमा सकिएको छ । आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस र ब्रिगेड ब्वाईज क्लबले एक एक गोलको बरारबी खेल्दै अंक बाँडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको दोस्रो मिनेटमै ब्रिगेडले खेलमा अग्रता बनाएको थियो । रोशन राना मगरले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । तर उसको अग्रता लामो समय टिक्न सकेन् । खेलको चौथो मिनेटमा बुद्ध तामाङले गोल गर्दै पुलिसलाई खेलमा फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा दुबै टोलीले राम्रा अवसर खेर फाल्दा सोही नतिजा निर्णायक बन्यो । बराबरीसँगै पुलिसले ८ खेलमा ७ र ब्रिगेडले ६ अंक जोडेका छन् । यी टोली क्रमश तालिकाको ११ औं र १२ औं स्थानमा छन् । खेलमा ब्रिगेडका अनिल गुरुङ म्यान अफ दि म्याच चुनिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?