Logo

ए डिभिजन लिग कात्तिक अन्तिम साताबाट

ई-खेलकुद २०७८ साउन १७ , आईतबार ०४:०८ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको मिति सरेको छ । असोज पहिलो साता गर्ने गरि तयारी भएको लिग कात्तिक अन्तिम साताबाट हुने भएको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले यस वर्षको ’ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु गर्ने जनाएको हो । ’ए’ डिभिजनका १४ क्लबसँगको छलफलपछि एन्फाले नयाँ मिति सार्बजनिक गरेको हो ।
सहभागि सबै क्लबले सो मितिमा लिग खेल्न सहमती जनाएका छन् । यसअघि एन्फाले शीर्ष लिग असोज ३ गतेबाट सुरु गर्ने जनाएको थियो । अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने भएकाले एन्फाले राष्ट्रिय लिगको मिति पछि सारेको हो । साफ च्याम्पियनसीपका लागि नेपाल र माल्दिभ्सले दाबी गरेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?