Logo

ए डिभिजन लिगमा सरस्वतीबिरुद्ध एनआरटीको शानदार जित

ई-खेलकुद २०७६ पुस १ , मंगलबार ०३:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले शानदार जित हात पारेको छ । आजको पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० ले हराउदै एनआरटीले सिजनमा विजयी सुरुवात गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफमा १–० को अग्रता बनाएको एनआरटीले दोस्रो हाफमा ३ गोल थीदै सहज जित हात पारेको हो । उसको जितमा सरोज तामाङले दुई तथा जुनियर ओन्गुएने निकेन्ग्यु र यानिक ओवोनाले एक एक गोल गरे ।
४० औ मिनेटमा जुनियरको गोलबाट अग्रता बनाएको एनआरटीका लागि सरोजले ६९ र ८१ औ मिनेटमा गोल थपेका थिए । ९० औ मिनेटमा यानिक ओवोनाले गोल गर्दै टोलीको जित फराकिलो पारेका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?