Logo

ए डिभिजन लिगमा संकटा र जावलाखेलको पहिलो जित

ई-खेलकुद २०७६ पुस ५ , शनिबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । संकटा र जावलाखेल युथ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेका छन् । आज भएका खेलमा संकटाले न्युरोड टिम एनआरटीलाई १–० ले स्तब्ध पार्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन दिपेश आले मगरले निर्णायक गोल गरे । उनले खेलको नवौं मिनेटमा गरेको गोल संकटालाई ३ अंक दिलाउन पर्याप्त बन्यो । जितसँगै संकटाले २ खेलबाट ३ अंक जोडेको छ ।
आजै भएको पहिलो खेलमा सरस्वती युथ क्लबलाई १–० ले हराउदै जावलाखेलले पनि तालिकामा ३ अंक थपेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेललाई जिताउन ड्याडी जुनियर वाम्बाले निर्णायक गोल गरे । खेलको १० औ मिनेटमा उनले गरेको गोल जावलाखेललाई ३ अंक दिलाउन पर्याप्त बन्यो । पहिलो खेलमा जावलाखेलले थ्री स्टारसँग गोलरहित बराबरीको नतिजा निकालेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?