Logo

ए डिभिजन लिगमा मनाङ र फ्रेण्ड्सको बराबरी, मनाङ शीर्ष स्थानमा

ई-खेलकुद २०७६ पुस १४ , सोमबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । साविक विजेता मनाङ मस्र्याङदी क्लब, सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा बराबरीमा रोकिएको छ । सुरुवाती तीन खेलमा जित निकालेको मनाङ, चौथो चरणको खेलमा फ्रेण्ड्ससंग एक एकको बराबरीमा रोकिएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरुवाती अग्रता जोगाउन नसक्दा मनाङले अंक बाँडेको हो । ११ औ मिनेटमा रञ्जन बिष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । ६४ औ मिनेटमा उत्तम गुरुङले गोल गर्दै फ्रेण्ड्सलाई बराबरीमा पुर्याए ।
बराबरीसंगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलबाट १० अंक जोडेको मनाङले मछिन्द्रलाई १ अंकले पछि पारेको हो । आजै भएको खेलमा मछिन्द्रले एनआरटीलाई १–० ले पराजित गरेको थियो ।
फ्रेण्ड्सको भने जारी सिजनको लिगमा यो पहिलो अंक हो । यसअघिका तीनै खेलमा उसले हार ब्योहोरेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?