Logo

ए डिभिजन लिगमा मछिन्द्र र च्यासलको बराबरी

ई-खेलकुद २०७६ पुस ४ , शुक्रबार ०२:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र र च्यासल युथ क्लबले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अन्तिम समय सम्हालिन नसक्दा च्यासल अंक बाँड्न बाध्य भयो । खेलको २८ औ मिनेटमा सन्तोष साहुखलको गोलबाट च्यासलले खेलमा अग्रता बनाएको थियो ।

घरेलु लिगमा ९९ औ गोल गर्ने क्रममा उनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । खेलको अन्तिम समयमा देबेन्द्र तामाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो खेलमा लयअनुसारको खेल खेल्न नसकेको मछिन्द्रले आश गरेअनुसारको प्रर्दशन गर्न सकेन् ।
२ खेलबाट च्यासल ४ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्रको ३ अंक भएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?