Logo

ए डिभिजन लिगमा मछिन्द्रको विजयी सुरुवात, भोलीका दुबै खेल स्थगीत

ई-खेलकुद २०७६ मंसीर २८ , शनिबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा ब्रिगेड व्वाईज क्लबलाई २–० ले हराउदै मछिन्द्रंले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । राष्ट्रिय टोलीका अधिकांश खेलाडीलाई टोलीमा राखेर मैदान उत्रिएको मछिन्द्रको जितमा योगेश गुरुङ र दिपक राईले एक एक गोल गरे । मैदानको अवस्थाका कारण दशरथ रंगशालाबाट एन्फा कम्प्लेक्समा सारिएको खेलमा मछिन्द्रले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । खेलको ३० औ मिनेटमा योगेशको गोलबाट अग्रता बनाएको मछिन्द्रले ५० औ मिनेटमा अर्को गोल गरेको थियो । दिपकले मछिन्द्रको अग्रता दोब्बर पारे । पहिलो हाफमा ब्रिगेडबिरुद्ध अधिकांश समय दवाव बनाएको मछिन्द्रले दोस्रो हाफमा भने सोहि लय कायम राख्न सकेन् ।
जितसंगै मछिन्द्रले २ अंक पाएको छ । पछिल्लो सिजन रेलिगेशनमा परेकाले उसको एक अंक भने घटेको हो । यसैबिच भोलीका लागि तय गरिएका दुबै खेल स्थगीत भएका छन् । मैदान अभावको कारण देखाउदै एन्फाले भोलीका खेल स्थगीत गरेको जनाएको छ । भोली संकटा र च्यासल तथा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लबबिच प्रतिस्पर्धा हुने तय भएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?