Logo

ए डिभिजन लिगमा ब्रिगेडद्धारा फ्रेण्ड्स क्लब पराजित

ई-खेलकुद २०७६ पुस ४ , शुक्रबार ०७:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईजले पहिलो जित हात पारेको छ । आज भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले हराउदै ब्रिगेडले ३ अंक हात पारेको हो । ब्रिगेडको जितमा जया गुरुङ र रोशन राना मगरले एक एक गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ८८ औ मिनेटमा जयाको गोलबाट अग्रता बनाएको ब्रिगेडका लागि रोशनले ईन्ज्युरी समयमा गोल गरेका थिए ।
जारी सिजन ब्राजिलियन खेलाडीलाई अनुबन्धन गरेको फ्रेण्ड्सले आशा अनुरुपको प्रर्दशन गर्न सकेन् । खेलमा राम्रो लय कायम गरेको ब्रिगेडले पहिलो र दोस्रो हाफमा पनि राम्रो प्रर्दशन गरेको थियो तर ती अवसरलाई सदुपयोग भने गर्न सकेन् ।
पहिलो खेलमा हार भोगेको ब्रिगेडले तालिकामा ३ अंक जोडेको छ । फ्रेण्ड्सको भने यो लगातार दोस्रो हार हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?