Logo

ए डिभिजन लिगमा थ्रीस्टारको पहिलो जित, पुलिस १–० ले पराजित

ई-खेलकुद २०७६ पुस ७ , सोमबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजको दोस्रो खेलमा थ्रीस्टार क्लब विजयी भएको छ । विभागीय टोली नेपाल पुलिसलाई १–० ले हराउदै थ्रीस्टारले सिजनको पहिलो जित हात पारेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्रीस्टारलाई जिताउन खेलको ८४ औ मिनेटमा सुशिल राईले गरेको गोल निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले केहि राम्रा अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन् ।
दोस्रो हाफमा निक्कै आक्रामक बनेको पुलिसले त्यसको सदुपयोग गर्न नसक्दा पहिलो हार ब्योहोरेको हो । पहिलो खेल उसले बराबरी खेलेको थियो । जितसंगै थ्रीस्टारको २ खेलबाट ४ अंक भएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?