Logo

ए डिभिजन लिगमा जावलाखेलको पहिलो जित

ई-खेलकुद २०७८ पुस ३ , शनिबार ०४:१२ मा प्रकाशित

काठमाडौं । जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ । पाँचौ चरणको खेलमा उसले च्यासल युथ क्लबलाई १–० ले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ललितपुरे डर्बीको खेलमा जावलाखेललाई जिताउन निकोलस फर्नान्डेसले निर्णायक गोल गरे । उनले खेलको ३७ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलमा च्यासलले बल पोजिशनमा पकड बनाएपनि गोल गर्ने अवसरको सदुपयोग भने गर्न सकेन् । जावलाखेलविरुद्वको खेलमा च्यासलले स्टाईकर कर्ण लिम्बुलाई मैदान उतारेको थियो । लिम्बु २ दिन अघि मात्र च्यासलमा अनुबन्धीत भएका थिए ।
जारी लिगमा जावलाखेलको यो पहिलो गोल समेत हो । यसअघि उसले एक खेलमा गोलरहित बराबरी खेलेको थियो भने बाँकी ३ खेलमा हार भोगेको थियो । ५ खेलबाट ४ अंक जोडेको जावलाखेल यो जितुँगै तालिकाको १० औ स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक नै रहेको च्यासल भने ११ औ स्थानमा धकेलिएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?