Logo

ए डिभिजन लिगमा च्यासलले संकटालाई हरायो, दुबै गोल शाहुखलले गरे

ई-खेलकुद २०७६ मंसीर ३० , सोमबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आजको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । अघिल्लो सिजनको उपविजेता संकटा क्लबलाई २–० ले हराउदै च्यासलले लिगमा उत्कृष्ट सुरुवात गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासललाई जिताउन दुबै गोल सन्तोष शाहुखलले गरे । ४१ औ मिनेटमा पहिलो गोल गरेका उनले ८४ औ मिनेटमा टोलीका लागि दोस्रो गोल गरेका थिए । निक्कै उत्कृष्ट खेल पस्केको च्यासलले संकटाका केहि अवसर विफल पारेको थियो ।
जितसंगै च्यासलले तालिकामा महत्वपुर्ण ३ अंक हात पारेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?