Logo

ए डिभिजन लिगमा च्यासलको पहिलो जित

ई-खेलकुद २०७८ मंसीर ११ , शनिबार ०४:११ मा प्रकाशित

काठमाडौं । च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । दोस्रो चरणको खेलमा आज विभागीय टोली नेपाल एपीएफलाई १–० ले हराउदै च्यासलले तालिकामा पहिलो अंक जोडेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४९ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । त्यसपछिको समय दुबै टोलीले थप गोल गर्न नसक्दा सोही नतिजा निर्णायक बन्यो । दोस्रो हाफमा दुबै टोलीले केही राम्रा अवसर पाएपनि तीनको सदुपयोग गर्न सकेनन् ।

खेलमा च्यासलका गोलकर्ता बर्तोला म्यान अफ दि म्याच घोषित भए । २ खेलबाट ३ अंक जोडेको च्यासल तालिकाको सातौ स्थानमा उक्लिएको छ । एपीएफको भने यो लगातार दोस्रो हार हो । पहिलो चरणमा विभागीय टोली बिग्रेड व्वाईजसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । च्यासल भने थ्रीस्टारसँग ३–० ले स्तब्ध भएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?