Logo

ए डिभिजन लिगमा आज मनाङ र आर्मी तथा थ्रीस्टार र पुलिस भिड्दै

ई-खेलकुद २०७६ पुस ७ , सोमबार ०७:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ खेल हुदैछन् । आजको पहिलो खेलमा मनाङ मस्र्याङदी र विभागीय त्रिभुवन आर्मी प्रतिस्पर्धा गर्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ बजे मैदान उत्रदा दुबै टोली दोस्रो जितसंगै शीर्ष स्थानमा पुग्ने योजनामा रहनेछन् । साविक विजेता मनाङ यो सिजनपनि आफ्नो उपाधि दाबेदारी कायम राख्दै बलिया टोलीबिरुद्ध पनि सहज जितको योजनामा रहेको छ । विभागीय आर्मीपनि आफ्नो स्वभाविक खेलसंगै जितको श्रृखला जारी राख्न चाहान्छ ।
सोहि मैदानमा दिउँसो ३ बजे थ्रीस्टार र विभागीय नेपाल पुलिस आमने सामने हुनेछन् । पहिलो खेलमा बराबरीको नतिजा निकालेका दुबै टोली पहिलो जित निकाल्ने लक्ष्यका साथ एक अर्काबिरुद्ध मैदान उत्रनेछन् । पहिलो खेलमा पुलिस हिमालयन शेर्पासंग गोलरहित बराबरीमा रोकिदा जावलाखेल युथ क्लब र थ्रीस्टारले अंक बाँडेका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?