Logo

ए डिभिजन लिगमा आज मछिन्द्र र फ्रेण्ड्स तथा च्यासल र एनआरटी भिड्दै

ई-खेलकुद २०७६ पुस ९ , बुधबार ०७:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तेस्रो चरणका २ खेल हुदैछन् । दिनको पहिलो खेलमा आज मछिन्द्र र फ्रेण्ड्स क्लब आमने सामने हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ बजे मैदान उत्रदा मछिन्द्र दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा जित निकालेको मछिन्द्र दोस्रो खेलमा बराबरीमा रोकिएको थियो । सुरुवाती दुबै खेल गुमाएको फ्रेण्ड्स सिजनको पहिलो अंक निकाल्ने दाउमा छ । ब्राजिलियन खेलाडी टोलीमा राखेपनि उनीहरुबाट आशातित प्रर्दशन हुन नसकेपछि फ्रेण्ड्स अप्ठेरोमा परेको छ ।
आजको दोस्रो खेलमा च्यासल र न्युरोड टिम एनआरटी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेल पनि सोहि मैदानमा दिउसो ३ बजे सुरु हुनेछ । सुरुवाती २ मध्ये एकमा जित र अर्को बराबरीको नतिजा निकालेको च्यासल दोस्रो जितसंगै शीर्ष स्थानमा पुग्ने योजनामा छ । एनआरटी भने दोस्रो जितको खोजीमा रहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?