Logo

ए डिभिजन लिगमा आज पनि २ खेल हुदै

ई-खेलकुद २०७६ पुस १ , मंगलबार ०९:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि २ खेल हुदैछन् । आजको पहिलो खेलमा दिउसो साढे १२ बजे सरस्वती क्लब र एनआरटी आमने सामने हुनेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उत्रदा दुबै टोली सिजनको सुखद सुरुवातको योजनामा रहनेछन् । अघिल्लो सिजनको लिग तालिकाको पुछारमा रहेर टुङग्याएको एनआरटी यसपटक भने सुरुवातबाटै त्यसलाई सुधार गर्ने लक्ष्यमा छ । राम्रो टिम सेट तयार पारेको सरस्वती पनि एनआरटीबिरुद्ध सहज जित निकाल्दै लिगमा पहिलो खेलबाटै अंक जोड्ने योजनामा छ ।
आजै हुने दोस्रो खेलमा विभागीय नेपाल पुलिस र हिमालयन शेर्पा आमने सामने हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एकअर्काबिरुद्ध मैदान उत्रदा दुबै टोली स्पष्ट अंकको खोजीमा रहनेछन् ।
यसअघि हिजो भएका खेलमा च्यासलले संकटालाई तथा आर्मीले फ्रेण्ड्स क्लबलाई हराएका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?