
काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चौथो चरणको अन्तिम एक खेल हुदैछ । आज विभागीय नेपाल एपीएफ र सरस्वती युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । जारी सिजन जित हात पार्न नसकेका दुबै टोली पहिलो जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछन् । २ टोली बिचको प्रतिस्पर्धा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउसो ३ बजे सुरु हुनेछ ।
अघिल्ला ३ खेलमध्ये १ मा बराबरी र २ मा हार भोगेको एपीएफ १ अंकमा तालिकाको १२ औ स्थानमा रहेको छ । सुरुवाती तीनै खेल गुमाएको सरस्वती भने अंकबिहिन रुपमा पुछारमा छ । चौथो चरणसम्म मनाङ मस्र्याङदी, मछिन्द्र क्लब र जावलाखेल युथ क्लब अपराजित रहेका छन् ।
