Logo

ए डिभिजन लिगमा आज एपीएफ र हिमालयन शेर्पा भिड्दै

ई-खेलकुद २०७६ पुस ६ , आईतबार ०८:१२ मा प्रकाशित

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक मात्र खेल हुदैछ । आज हिमालयन शेर्पा र विभागीय नेपाल एपीएफबिच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ३ बजे यी दुई टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ ।
पहिलो खेल बराबरीमा टुङग्याएको हिमालयन शेर्पा सिजनको पहिलो जित निकाल्ने योजनामा रहदा विभागीय टोलीपनि समान लक्ष्यमा रहनेछ । पहिलो खेल गुमाएको एपीएफलाई भने दोस्रो खेलमा जित निकाल्न केहि दबाव रहेको छ । शेर्पाले बलियो टोली नेपाल पुलिसलाई बराबरीमा रोकेकाले उसको मनोबल केहि उच्च रहेको छ । साविक विजेता मनाङसंग २–० को हार भोगेको एपीएफ दोस्रो खेलबाट लय समाउने दाउमा छ ।
यसअघि हिजो भएका खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबले जित हात पारेका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?