Logo

ए डिभिजन लिगमा आजबाट छैटौ चरणका खेल सुरु हुँदै

ई-खेलकुद २०७८ पुस ९ , शुक्रबार १०:१२ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजबाट छैटौ चरणका खेल सुरु हुँदैछन् । पहिलो दिन आज दुई खेल हुनेछन् । आजका दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दिउँसो १ हुने हुने आजको पहिलो खेलमा विभागीय नेपाल एपीएफ र न्युरोड टिम एनआरटी प्रतिस्पर्धा गर्नेछन् । ५ खेलबाट ४ अंक जोडेर तालिकाको ११ औं स्थानमा रहेको एपीएफ रेलिगेशनको भयबाट मुक्त हुने योजनामा छ । खराब प्रर्दशनको मारमा परेको विभागप् टोलीले पाँचौ चरणमा पहिलो जित दर्ता गरेको थियो । छैटौ चरणमा पनि उ आफ्नो अघिल्लो लयलाई कायम राख्ने योजनामा छ । समान खेलबाट ६ अंकसहित तालिकाको सातौ स्थानमा रहेको एनआरटीपनि विभागीय टोलीलाई हराउँदै तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ ।
सोहि मैदानमा अपरान्ह पौने ५ बजे अर्को विभागीय टोली नेपाल पुलिसले प्र,ेन्ड्स क्लबको सामना गर्नेछ । २ अंकमा तालिकाको पुछारमा रहेको फ्रेन्डस प्रतियोगीताको पहिलो जितको खोजीमा रहेको छ । एक जित र २ बराबरीसँगै ५ अंकमा दशौ स्थानमा रहेको पुलिसपनि स्पष्ट अंकसहित तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?