
काठमाण्डौ । सहिद स्मारक ’ए’ डिभिजन लिग शनिबारबाट सुरु हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले फागुन ३ गतेसम्म चल्ने लिगको समपुर्ण खेल तालिका आज सार्बजनिक गरेको हो । राजधानीको दशरथ रंगशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब बीच खेल हुनेछ । उद्घाटन खेल दशरथ रंगशालामा हुनेछ । आईतबारबाट हरेक दिन २ खेल हुनेछन् ।
१४ क्लबले प्रतिस्पर्धा गर्ने लिगमा ९१ खेल हुनेछ । यस पटकको लिगमा रेलिगेसनको पनि प्राबधान राखिएको छ ।
खेलतालिका यस्तो छ –
