Logo

ए डिभिजन लिगको खेल तालिका सार्बजनिक, मनाङ र च्यासलद्धारा कार्यक्रम बहिस्कार

ई-खेलकुद २०७६ मंसीर १३ , शुक्रबार ०४:११ मा प्रकाशित

काठमाण्डौ । मंसिर २८ गतेबाट सुरु हुने सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत पहिलो चरणको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज प्रतियोगीताको पहिलो चरणको खेलतालिका सार्बजनिक गरेको हो ।
लिगको पहिलो खेलमा मंसिर २८ गते मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन एक मात्र खेल राखिएको छ । मंसिर २९ गतेबाट हरेक दिन २ वटा खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
फागुन ३ गतेसम्म चल्ने लिगमा यसपटक रेलिगेशनको पनि प्राबधान राखिएको छ । १४ क्लबले प्रतिस्पर्धा गर्ने लिगमा ९१ खेल हुने बताईएको छ । लिगका सबै खेलहरु राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
यसैबिच डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङदी र च्यासल युथ क्लबले तालिका सार्बजनिक कार्यक्रम बहिस्कार गरेका छन् । एन्फाले नियमावली नै उपलब्ध नगराई खेल तालिका सार्बजनिक गरेको भन्दै २ क्लबले कार्यक्रम बहिस्कार गरेको जनाएका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?