Logo

ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोबाटो भिड्ने

ई-खेलकुद २०७८ कात्तिक १२ , शुक्रबार ०२:१० मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कात्तिक २९ बाट लिग गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।
एन्फाले सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेल त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा साँझ ५ बजे हुनेछ । पहिलो दिन एक मात्र खेल राखिएको छ भने त्यसपछि हरेक दिन २–२ वटा खेल हुनेछन् । कतार एयरवेजको मुख्य प्रायेजनमा हुने प्रतियोगितामा १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका खेलहरु दरशथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । यस पटकको लिगको पुछारमा रहने २ टोली रेलिगेशनमा पर्नेछन् ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?