
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको नवौ चरणसम्मको खेल तालिका सार्वजनिक गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले लिगको आगामी तालिका सार्वजनिक गरेको हो । लिगको पाँचौ चरण पौष २ देखी ५ गतेसम्म चल्ने छन् ।
पौष ९ देखी १२ सम्म छैटौ, पौष १६ देखी १९ सम्म सातौ र पौष २३ देखी २६ गतेसम्म आठौ चरणका खेल हुनेछन् । नवौ चरणका खेलहरु भने पौष ३० देखी माघ ३ गतेसम्म हुने छ ।

मनाङ मस्र्याङदी क्लबले पाँचौ, सातौं र आठौं चरणका खेलहरु पोखरा रंगशालामा खेल्नेछ । आफ्नो घरेलु मैदानका रुपमा उसले तीन चरणका खेल पोखरामा खेल्न लागेको हो । मनाङले नेपाल पुलिस, ब्रिगेड ब्वाइज च्यासलविरुद्धका खेल पोखरामा खेल्न लागेको हो । बाँकी सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।