Logo

ए डिभिजनको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक

ई-खेलकुद २०७८ मंसीर १३ , सोमबार ०५:११ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले लिगका आगामी २ चरणको तालिका एकै पटक सार्वजनिक गरेको हो । यी दुबै चरणका खेलहरु दशरथ रंगशालामै हुनेछ ।

तेस्रो चरणका खेलहरु १७ गतेबाट सुरु हुनेछन् । चौथो चरणका खेलहरु भने २४ गतेबाट राखिएको छ । तेस्रो चरणमा साविक विजेता मछिन्द्रले जावलाखेल युथ क्लबसँग खेल्दा उपविजेता आर्मीले ब्रिगेड व्वाईजको सामना गर्नेछ । त्यस्तै थ्रीस्टारले फ्रेन्ड्स, मनाङले संकटा र च्यासल युथ क्लबले न्युारेड टीम एनआरटीसँग खेल्नेछ ।

९१ खेल हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा हुनेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?