Logo

ए डिभिजनको उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटोको बराबरी

ई-खेलकुद २०७८ मंसीर ३ , शुक्रबार ०७:११ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको पहिलो हाफमा नवप्रवेशी सातदोबाटोले केहि राम्रा अवसर खेर फाल्दा अग्रता लिन असफल भयो । दोस्रो हाफको सुरुवातबाटै लगातार आक्रमण बनाएपनि सातदोबाटोका प्रहारले पोष्टको दिशा लिन सकेन् । दोस्रो हाफमा फ्रेन्ड्सले सुधारिएको खेल खेलेपनि उसले पनि लगातार अवसर खेर फालेको थियो । खेलको ७६ औं मिनेटमा रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपनि फ्रेन्ड्स १० खेलाडीमा सिमित बन्यो ।
बराबरीसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा एक एक अंक बाँडेका छन् । लिग अन्तर्गत भोलि दुई खेलहरु हुनेछन् । भोलीको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लब तथा दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ । १४ टोली सहभागी लिगको उपाधि विजेताले ७५ लाख रुपैया हात पार्नेछ । यो सिजनको लिगका पुछारका २ टोली रेलिगेशनमा पर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?