Logo

एसीसी टी–२० ईष्टर्न रिजन क्रिकेटमा नेपालको पहिलो प्रतिद्धन्दी चीन

ई-खेलकुद २०७६ पुस ७ , सोमबार ०७:१२ मा प्रकाशित

काठमाण्डौ । कमजोर प्रतिद्धन्दी चीनसंग खेल्दै नेपालले एसीसी टी–२० ईष्टर्न रिजन क्रिकेट प्रतियोगिताको सुरुवात गर्ने भएको छ । फेब्रुअरी अन्तिम साता थाईल्याण्डमा हुने प्रतियोगिताको खेल तालिका एसियाली क्रिकेट परिषद एसीसीले आज सार्बजनिक गरेको हो । फेब्रुअरी २७ देखी मार्च ६ सम्म चल्ने प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको समुह एमा रहेको नेपालले फेब्रुअरी २९ मा चीनसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलमा नेपालले मार्च १ मा आयोजक थाईल्याण्ड र समुहचरणको अनितम खेलमा मार्च ३ मा मलेसियासंग प्रतिस्पर्धा गर्नेछ ।
समुह बीबाट भुटान, म्यानमार, हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । समुहका शीर्ष २ टोलीले सेमिफाईनलमा स्थान बनाउनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?