
काठमाण्डौ । बंगलादेशमा जारी एसीसी ईमर्जिङ टिम्स कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको पहिलो खेलमा नेपाल बलियो प्रतिद्धन्दी ईण्डियासंग ७ विकेटले पराजित भएको हो । ढाकास्थित साभर क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९४ रनको चुनौती ईण्डियाले ४२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । ईण्डियाको जितमा सानभीर सिंहले सर्बाधिक ५६ रन बनाए । बिलुर रभी सारथले ४९, आरमन जाफरले अबिजित ५१ र आर्यन जुयालले २९ रनको योगदान दिए । यस राथोड ७ रनमा नटआउट रहे । नेपालका करण केसी,ललितनारायण राजवंशी र सुसान भारीले एक एक विकेट लिए ।
यसअघि टस जितेको ईण्डियाले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपाल ४४ दशमलव ५ ओभरमा १ सय ९३ रनमा समेटिदै ईण्डियालाई सामान्य लक्ष्य छोडेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमै डक आउट भएको खेलमा पवन सर्राफले सर्बाधिक ५६ रन बनाए । शरद भेषावकरले ४४, कुशल भुर्तेलले २८ र दिपेन्द्रसिंह ऐरीले २४ रन जोडे । करण केसीले २० रन बनाए । बिनोद भण्डारीले ५ रन बनाएको ईनिङसमा सोमपाल कामी र आरिफ शेखले समान २ रन बनाएर पभेलियन फर्किए ।
ईण्डियाका सौरभ दुवेले ४, यस राथोडले ३ र पर्थ राखाडेले २ विकेट लिए । सिद्धार्थ देसाईको नाममा १ विकेट रह्यो ।आजै भएका अन्य खेलहरुमा बंगलादेशले हङकङलाई तथा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरे ।
