
काठमाण्डौ । श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगितामा सहभागी नेपाली युवा टोली आज स्वदेश फर्किएको छ । समुहचरणबाटै बाहिरिएको नेपाली टोली सेमिफाइनलचरणका खेल सुरु नहुदै घर फर्किएको हो । टोली बिहान सवा ९ बजे काठमाण्डौ बिहान एयर ईण्डियाबाट काठमाण्डौ आईपुगेको टेक्निकल एनालिष्ट रमन सिवाकोटीले जानकारी दिनुभयो ।
समुह बीमा रहेको नेपालले समुहचरणका सुरुवाती २ खेल गुमाएको थियो । हिजो भएको खेलमा युएईलाई १ सय ६० रनको फराकिलो अन्तरले हराउदै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको थियो । रोहित कुमार पौडेल कमानीको टोलीले बंगलादेशबिरुद्ध भने उत्कृष्ट प्रर्दशनका बाबजुतपनि हार भोगेको थियो ।
एसियाकप क्रिकेटको सेमिफाइनलमा भारत र श्रीलंका तथा बंगलादेश र अफगानिस्तानबिच प्रतिस्पर्धा हुनेछ ।
