Logo

एसियाली खेलकुद सागका लागि पुरुष भलिबल टोलीको घोषणा

ई-खेलकुद २०७६ कात्तिक ९ , शनिबार ०७:१० मा प्रकाशित

काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष तर्फ भलिबल टोलीको घोषणा गरिएको छ । नेपाल भलिबल संघले ईमबहादुर मगरको कप्तानीमा टोलीको घोषणा गरिएको हो । टोलीमा धनबहादुर भट्ट, राजेन्द्र विष्ट, हरिबहादुर अधिकारी, टेकराज अवस्थी, हरिहजुर थापा, दुर्गा खड्का, द्वारिका थापा, इश्वर थापा मगर, बिनोद बहादुर चन्द, बिशाल बिक, शरणसामरी क्षेत्री, कुलबहादुर थापा र रबिन चन्द रहेका छन ।

महासचिब चन्दका अनुसार एभीसी सेन्ट्रल जोनको टिममा रहेका खेलाडी दिपकराज जोशी, नरेन्द्र गिरी, राजु सेरचन र दुर्गा महतोले १३ औं सागमा स्थान बनाउन सकेनन् । उनका अनुसार नेपाली भलिबल टिममा लिब्रोमा ईश्वर थापा मगर र विनोद चन्द रहेका छन् भने सेटरमा कप्तान इम रानामगर र हरिहजुर थापाले टिममा स्थान बनाएका हुन । यस्तै मिडिलमा हरि अधिकारी, द्वारिका थापा र दुर्गा खड्काले खेल्ने छन् । यस्तै २ र ४ नम्बरबाट कुलबहादुर थापा, धनबहादुर भट्ट, राजेन्द्र विष्ट, टेकराज अवस्थी, शरणसामरी क्षेत्री, बिशाला बिक र रबिन चन्दले खेल्ने भएका छन् ।

साग तयारीका लागि नेपाली भलिबल टिम थप प्रशिक्षण गर्न भारत जाने तयारी गरिरहेको महासचिब जितेन्द्र बहादुर चन्दले जानकारी दिए।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?