Logo

एसियाकप क्रिकेटमा नेपालले आज युएईसंग खेल्दै

ई-खेलकुद २०७६ भदौ २४ , मंगलबार ०६:०९ मा प्रकाशित

काठमाण्डौ । श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले आज चिरप्रतिद्धन्दी युएईसंग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुबै खेल गुमाएका टोली समुहचरणको अन्तिम खेलमा सुखद नतिजा निकाल्दै प्रतियोगिता टुंग्याउने लक्ष्यमा रहेका छन् । श्रीलंका र बंगालदेशसंग पराजित भएका नेपाल र युएई यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
नेपाल र युएईबिचको प्रतिस्पर्धा एफटिजेड स्पोर्ट क्लबको क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान १० बजे सुरु हुनेछ । जारी प्रतियोगितामा सन्तुलित प्रर्दशन गरेपनि जित हात पार्न नसकेको नेपाली टोली आज त्यसलाई साकार पार्ने लक्ष्यमा मैदान उत्रनेछ ।
पहिलो खेलमा आयोजक श्रीलंकासंग मध्यम प्रर्दशन गरेको युवा टोलीले बंगलादेशबिरुद्ध भने उत्कृष्ट प्रर्दशन गरेको थियो । यद्यपी सो खेलमा नेपालले आफु अनुकुलको नतिजा भने हात पार्न सकेन् ।
आजै श्रीलंका र बंगलादेशबिच पनि खेल हुनेछ । सो खेलले समुह बीको बिजेता र उपबिजेता टुंगो लगाउनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?