Logo

एसियन भलिबल च्याम्पियनसिपका लागि १८ खेलाडी छनोट

ई-खेलकुद २०७८ असार १९ , शनिबार ०८:०७ मा प्रकाशित

काठमाण्डौ । फिलिपिन्समा हुने एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले १८ सदस्सीय टोली छनोट गरेको छ । आगामी भदौमा हुने प्रतियोगीताका लागि संघले प्रारम्भीक प्रशिक्षणमा रहेका २७ खेलाडीबाट १८ सदस्सीय टोली छनोट गरेको हो ।
संघका सचिव मानविर छन्त्यालको संयोजकत्वमा रहेको ७ सदस्यीय छनोट समितिले १८ खेलाडी छनोट गरेको हो । पहिलो चरणमै राष्ट्रिय टिमबाट खेलिसकेका दुई खेलाडी कमला पुन र हिरा केसी बाहिरिएका छन् । यस्तै कृपा अधिकारी र मनिषा चौधरी १८ सदस्यीय टिममा पनि निरन्तरता पाएका छन् । सरस्वती जैशी, लक्ष्मी चन्द, रिया कुँवर, कविता भट्ट, शान्ति थारु, पहिलो पटक १८ सदस्यीय टोलीमा अटाएका छन् । १३ औं साग खेलेका कप्तान अरुणा शाहीसहित ११ खेलाडीले निरन्तरता पाएका छन् । १८ जनाबाट १४ सदस्यीय अन्तिम टोली छनोट गरिने संघले जनाएको छ । यस्तै नेपाली टिमको म्यानेजरमा ज्योती केसीलाई नियुक्त गरिएको छ ।
१८ खेलाडीको नामावली
ओपन स्पाइकर : प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना
ब्लकर : सफिया पुन, सुनीता खड्का, मनिषा चौधरी, उषा विष्ट, कविता भट्ट
ब्याक : रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर
लिफ्टर : अरुणा शाही, जानकी भण्डारी, कृपा अधिकारी
लिबरो : सलिना श्रेष्ठ, सरस्वती जैसी


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?