Logo

एशियाली फुटबल महासंघ एएफसीद्वारा अखिल नेपाल फुटबल संघ एन्फालाई कारवाही

ई-खेलकुद २०७६ कात्तिक ८ , शुक्रबार ०९:१० मा प्रकाशित

एजेन्सी । सन् २०१९ को एफसी कपमा क्लवहरुलाई मापदण्ड विपरित लाईसेन्स वितरण गरेको भन्दै एशियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई कारवाही गरेको छ । मलेसियाको क्वालालाम्पुरमा बसेको एएफसीको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको हो । आगामी २ वर्षमा पनि एन्फाले यस्तै गल्ती पुन: दोहोराए थप २५ हजार डलर जरिवाना गर्नसक्ने चेतावानी समेत एएफसीले दिएको छ ।

एएफसी कपमा सहभागी हुन एएफसी कप क्लव लाईसेन्सिङको मापदण्ड पुरा गरेको हुनुपर्नेछ । एफसी कप २०१९ का लागि एन्फाले शहिद स्मारक ए डिभिजन लिग खेलेका १४ क्लवलाई सिफरिस गरेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?