Logo

एल क्लासीको भिडन्तमा बार्सिलोना र रियल मड्रिडको बराबरी

ई-खेलकुद २०७६ पुस ३ , बिहीबार ०६:१२ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासीको भिडन्तमा बार्सिलोना र रियल मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । बार्साको घरेलु मैदान नाउ क्याम्पमा आज बिहान भएको खेल बराबरीमा सकिएको हो । खेलमा ५२ प्रतिशत बल पोजिशन बनाएपनि घरेलु टोली बार्साले त्यसको फाईदा उठाउन सकेन् । घरेलु मैदानमा आफ्ना स्टाईकरले लय समाउन नसक्दा बार्सिलोना अंक बाड्न बाध्य भएको हो । बल पोजिशनमा केहि न्युन पकड बनाएपनि रियलले बार्साको पोष्टमा भने निरन्तर आक्रमण गरेको थियो । यद्यपी उसका प्रयास सफल बन्न सकेन ।
यो बराबरीले उपाधि होडमा रहेका दुबै टोलीलाई अघिल्लै अवस्थामा कायम राखेको छ । १७ खेलबाट ३६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा कायम रहेको छ । समान अंक भएपनि गोलअन्तरमा पछि पर्दै रियल मड्रिड दोस्रो स्थानमा यथावत रहेको छ । दुवै टोली तेस्रो स्थानको सेभिया भन्दा ५ अंकले अघि रहेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?