Logo

एम एम कप क्रिकेटमा आजको खेल पनि अन्यौलमा

ई-खेलकुद २०७६ पुस १९ , शनिबार ०९:०१ मा प्रकाशित

ईनरुवा । सुनसरीमा जारी दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजको खेल पनि अन्यौलमा परेको छ । पुर्बनिर्धारित तालिका अनुसार आज प्रदेश एक र तीन बिच प्रतिस्पर्धा हुने कार्यक्रम छ । ईनरुवास्थित स्थानिय क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुने भनिएपनि हिजोदेखीको बर्षाका कारण पिचको अवस्था बिग्रीएपछि टस पनि हुन सकेको छैन् ।
आजको खेल रद्द भए प्रदेश एकलाई फाईदा पुग्नेछ । पहिलो खेल जितेको प्रदेश एक समुह सीको शीर्ष स्थानमा रहेको छ । आजको नतिजाले यो समुहबाट अघिल्लो चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ । यसअघि प्रदेश तीन र पा“चबिच हिजो भएको खेलपनि नतिजाबिहिन भएको थियो ।
१२ टोली सहभागी प्रतियोगीतामा चार समुहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?