Logo

एमसीसीसँगको क्रिकेटका लागि टोली घोषणा, पारस वान डेमा मात्र, ८ खेलाडी तीनै फर्मेटको टिममा

ई-खेलकुद २०७६ कात्तिक १४ , बिहीबार ०७:१० मा प्रकाशित

काठमाण्डौ । बेलायतको मेरिलिबोन क्रिकेट क्लब एमसीसीसँग सोमबार सुरु हुने तीनै फर्मेटको क्रिकेटका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा भएको छ । क्याप्टेनको पूर्ण जिम्मेवारी पाएपछि ज्ञानेन्द्रको यो पहिलो प्रतियोगिता हो । नेपालले एमसीसीसँग सोमबार वान डे र कार्तिक २० देखि २२ गतेसम्म ३ दिने फष्टक्लास क्रिकेट खेल्नेछ । अण्डर १९ र सिनियर खेलाडी सहभागी टिमले कार्तिक २३ गते शनिबार एमसीसीसँग एउटा ट्वान्टी–२० किकेट खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । बेलायती क्लबले आगामी आइतबार अण्डर १९ टिमसँग वान डे म्याच खेल्नेछ । सवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
आज घोषित टोलीमा हालैमात्र कप्तान पद छाडेका पारस खड्कालाई क्यानले वान डे टिममा मात्र राखेको छ । शरद भेषावकर र बसन्त रेग्मीले वान डे र फष्ट क्लास टिमबाट पुनरागमन गर्दा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, करण केसी, ललित राजबंशी, सन्दीप लामिछाने र सोमपाल कामीले तीनै फर्मेटको टीममा स्थान बनाएका छन् । सुसन भारी, सन्दीप झोरा, नन्दन यादव, कुशल भुर्तेल, अमित श्रेष्ठ र अभिनाष बोहोरा ट्वान्टी–२० टिममा मात्र परेका छन् । टी–२० मा स्थान बनाएका पवन सरार्फ र वान डेमा स्थान बनाएका रोहित पौडेल फष्टक्लास टिममा समेत पर्दा जितेन्द्र मुखियाले फष्ट क्लास क्रिकेटबाट पुनरागमन गरेका छन् । वान डेमा बिक्रम सोब र ईशान पाण्डेले स्थान पक्का गर्दा राजु रिजाल फष्ट क्लास क्रिकेटको टिममा परेका छन् ।
क्यानले टी–२० का लागि १५ तथा वान डे र फष्ट क्लासका लागि १४–१४ सदस्यीय टोलीको घोषणा गरेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?