Logo

एमसीसीले पहिलो खेल भोली अण्डर १९ टोलीसंग खेल्दै

ई-खेलकुद २०७६ कात्तिक १६ , शनिबार ०७:११ मा प्रकाशित

काठमाण्डौ । नेपाल भ्रमणमा रहेको मेरिलिबोन क्रिकेट क्लव एमसीसीले अण्डर १९ टोलीसंग खेल्दै नेपाल भ्रमणको सुरुवात गर्दैछ । २ साताको नेपाल भ्रमणका लागि आज काठमाण्डौ आईपुगेको पुरानो क्लब एमसीसीले पहिलो खेलको रुपमा भोली नेपाली युवा टोलीसंग खेल्न लागेको हो । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान सवा ९ बजे पहिलो खेल सुरु हुनेछ । पहिलो खेल एकदिवसीय हुनेछ ।
भ्रमणकारी टोली जिमी एडम्सको कमानीमा मैदान उत्रनेछ । नेपाली युवा टोलीको नेतृत्वबारे भने कुनै जानकारी गराईएको छैन् । यद्यपी भारत भ्रमणमा जाने टोलीलाई नै मैदान उतार्ने संभावना छ । जसको नेतृत्व रित गौतमले गर्नेछन् । एमसीसीको टोलीले पर्सी नेपाली राष्ट्रिय टोलीसंग वन डे क्रिकेट खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?