Logo

एमसीसीबिरुद्ध उत्कृष्ट प्रर्दशनका बावजुत अण्डर १९ टोली पराजित

ई-खेलकुद २०७६ कात्तिक १७ , आईतबार ०४:११ मा प्रकाशित

काठमाण्डौ । नेपाल भ्रमणमा रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसी पहिलो मैत्रीपुर्ण खेलमा विजयी भएको छ । आज भएको खेलमा नेपालको अण्डर १९ टोलीलाई ३८ रनले हराउदै एमसीसीले नेपाल भ्रमणको सुखद सुरुवात गरेको हो ।
किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा ३ सय ३५ रनको बिशाल योगफल पछ्याएको नेपाली युवा टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन मात्र बनाउन सक्यो । हरि चौहानले सर्बाधिक ५२ रन बनाएको नेपालको ईनिङसमा कप्तान रित गौतमले ४५, अरुण ऐरीले ३०, खडक बोहोराले २५ र लोकेश बमले १८ रन बनाए ।
पछिल्लो क्रममा आकाश चन्द र शेर मल्लले उत्कृष्ट साझेदारी गर्दै हारको अन्तर घटाएका थिए । चन्दले ३० र मल्लले नटआउट २८ रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रनको उच्च योगफल तयार पारेको थियो । टम वेस्टली, विल रोड्स र माइल्स ह्यामन्ड अर्धशतक प्रहार गरेपछि एमसीसी विशाल योगफल बनाउन सफल बन्यो । रोड्सले सर्वाधिक ९३ रन बनाएको ईनिङसमा वेस्टली र माइल्सले समान ६५ रन बनाए । एड योङ ४५ रनमा अविजित रहे । नेपालका सागर ढकाल र शेर मल्लले समान २ विकेट लिए । त्यस्तै कुशल मल्ल र आकश चन्दको नाममा समान १ विकेट रह्यो ।
नेपाल भ्रमणका क्रममा एमसीसीको टोलीले भोली राष्ट्रिय क्रिकेट टोलीसंग दोस्रो मैत्रीपुर्ण खेल खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?