Logo

एमसीसीबिरुद्धको तीन दिवसीय क्रिकेटको पहिलो ईनिङसमा नेपालको लज्जास्पद ब्याटिङ

ई-खेलकुद २०७६ कात्तिक २१ , बिहीबार ११:११ मा प्रकाशित

काठमाण्डौ । मेरिलिबोन क्रिकेट क्लब एमसीसीबिरुद्धको तीन दिवसीय क्रिकेटको आफ्नो पहिलो ईनिङसमा नेपालले कमजोर ब्याटिङ गरेको छ । दोस्रो दिनको पहिलो सेसनमै भ्रमणकारी टोलीलाई ३ सय ६४ रनमा समेट्दै पहिलो ईनिङस सुरु गरेको नेपालका माथिल्लो क्रमका तीनै ब्याट्सम्यान दोहोरो अंकको स्कोर नगरी पभेलियन फर्किएका छन् । कप्तान ज्ञानेन्द्र मल्ल खातै नखोली पहिलो विकेटका रुपमा आउट भए । शरद भेषावकर ४ र राजु रिजाल ८ रनमा आउट भए । लन्च ब्रेक अघि नेपालले ३ विकेट गुमाउदा मात्र १८ रन बनाएको छ ।
पहिलो दिन हिजो ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको एमसीसीले थप ५३ रन जोड्दा बा“कि ४ विकेट गुमाएको हो । दोस्रो दिन करण केसी चम्किदै ३ विकेट चट्काएपछि भ्रमणकारी टोली ३ सय ६४ रनमा अलआउट भयो । अर्को विकेट सन्दिप लामिछानेले दिए । एमसीसीका यासिर आराफात ६५ रनमा अविजित रहे । पहिलो दिन हिजो ३ ब्याट्सम्यानले अर्धशतक बनाएपछि भ्रमणकारी टोली बलियो अवस्थामा पुगेको हो । उसका विल रोड्सले ७३, मिल्स हाम्मोण्डले ५२ र वील भाण्डरस्परले ५३ रन बनाएका थिए ।
नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३ तथा सोमपाल कामी र शरद भेषावकरले समान २ विकेट लिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?