Logo

एमसीसीद्धारा नेपाल भ्रमणका लागि एडम्सको कमानीमा १३ सदस्यीय टोलीको घोषणा

ई-खेलकुद २०७६ कात्तिक १२ , मंगलबार ०९:१० मा प्रकाशित

काठमाण्डौ । ईङल्याण्डको पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लबले नेपाल भ्रमणका लागि जीम्मी एडम्सको कमानीमा १३ सदस्यीय टोलीको घोषणा गरेको छ । अर्को साता सुरु हुने भ्रमणका लागि एमसीसीले टोलीको घोषणा गरेको हो । टोलीमा टेष्ट र फष्ट क्लास म्याच खेलिसकेका खेलाडीको बाहुल्यता रहेको छ । पाकिस्तानबाट तीनै फर्मेटको क्रिकेट खेलिसकेका यासिर अराफात, ईङल्याण्डको टेष्ट टोलीका पुर्वसदस्य टम वेस्ट्ली, फष्ट क्लास म्याच खेलिसकेका वील्ली गोडलेमन टोलीमा रहेका छन् । टोलीका अन्य सदस्यहरुमा मिल्स हामोण्ड ओलिभर हाननोन र कालुम ज्याक्सन रहेका छन् । त्यस्तै वील रोडेस, एलेक्स स्पेन्सर, एलेक्स थोम्सन, वील भण्डरस्पर, ईडी योङ र क्रिस राईट पनि टोलीमा रहेका छन् ।
काठमाण्डौ र पोखरामा हुने मैत्रीपुर्ण सिरिजका लागि टोली टोली अर्को साता काठमाण्डौ आउनेछ । एमसीसीको टोलीले नेपाली राष्ट्रिय टोलीका साथै अण्डर १९ टोलीसंग मैत्रीपुर्ण खेल खेल्ने यसअघि नै तय भईसकेको छ । एमसीसीले १७ गते अण्डर १९ टोलीसग खेल्दै नेपाल भ्रमणको सुरुवात गर्नेछ । त्रिबि क्रिकेट मैदानमा हुने खेल एकदिवसीय हुनेछ । कार्तिक १८ गते नेपालको राष्ट्रिय टोलीसंग एकदिवसीय खेल खेल्ने एमसीसीले कार्तिक २० देखी २२ सम्म सोहि मैदानमा तिन दिवसीय खेल खेल्नेछ ।
कार्तिक २३ गते एमसीसीले नेपाली युवा टोली र सिनियर टोलीसंग टी–२० क्रिकेट खेल्नेछ । त्यसपछि टोली पोखरा भ्रमणमा जानेछ । पोखरामा कार्तिक २५ गते एमसीसीले पोखरा आमन्त्रीत ११ टोलीसंग टी–२० खेल खेल्नेछ । २६ गते चिफ मिनिष्टर ११ संग टी–२० खेल खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?