Logo

एमसीसीद्धारा नेपालसामु ३ सय ९३ रनको लक्ष्य, नेपालको सम्हालिएको सुरुवात

ई-खेलकुद २०७६ कात्तिक २२ , शुक्रबार ११:११ मा प्रकाशित

काठमाण्डौ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालसँगको तीन दिवसिय क्रिकेटमा नेपाललाई ३ सय ९३ रनको लक्ष्य दिएको छ । तेस्रो दिनको पहिलो सेसनमा ६ विकेट गुमाएर १ सय ८१ रन बनाएर ईनिङस समाप्तीको घोषणा गर्दै नेपाललाई फराकिलो लक्ष्य दिएको हो । पहिलो ईनिङसमा उसले ३ सय ६४ रन बनाएको थियो । २ विकेट गुमाएर ९१ रन बनाएको अवस्थाबाट तेस्रो दिनको खेल थालेको एमसीसीले ९० रन जोड्दा महत्वपुर्ण ४ विकेट गुमाएको हो । टम वेस्ट्ली ३४, माइल्स हामान्ड ११ र एड योङलाई ३१ रन पभेलियन फर्किए । दोस्रो ईनिङसमा नेपालका करण केसीले ३, सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले समान एक विकेट लिए ।
पहिलो ईनिङसमा मात्र १ सय ५३ रनमा अलआउट भएको नेपालले अन्तिम दिनको पहिलो सत्रबाटै दोस्रो ईनिङस सुरु गरेको छ । दोस्रो ईनिङसमा भने नेपालले सम्हालिएको ब्याटिङ गरिरहेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?