Logo

एमएम कप क्रिकेटमा प्रदेश तीनद्धारा प्रदेश पाँचसामु १ सय ९० रनको लक्ष्य

ई-खेलकुद २०७६ पुस १८ , शुक्रबार १२:०१ मा प्रकाशित

ईनरुवा । दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा प्रदेश ३ ले प्रदेश ५ सामु १ सय ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । सुनसरीको ईनरुवास्थित स्थानिय क्रिकेट मैदानमा टस जितेको प्रदेश तीन ४५ दशमलव २ ओभरमा १ सय ८९ रनमा समेटिएको हो ।
राम्रो सुरुवात गरेपछि प्रदेश तीनका मध्य र पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसक्दा सामान्य योगफलमै समेटिएको हो । कप्तान सुवास खकुरेलले सर्बाधिक ४२ रन बनाएको ईनिङसमा आदिल खानले २६ र रित गौतमले २२ रन बनाए । प्रतिश जिशीले १८, रामनरेश गीरीले १७ तथा सोनु तामाङले १५ रन बनाए ।
प्रदेश पाँचका बिशाल बिक्रम केसीले ५ तथा अनिल खरेलले २ विकेट लिए । कृष्ण कार्की र बिक्रम भुषालको नाममा समान एक विकेट रह्यो ।
१ सय ९० रनको लक्ष्यसहित प्रदेश पाँचले केहिबेरमा जवाफि ब्याटिङ सुरु गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?