
सुनसरी । मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताका औपचारिक खेलहरु आजबाट सुरु भएका छन् । यसअघि नै उद्घाटन भएपनि प्रतियोगिताका खेलहरु आजबाट सुरु भएका हुन् । पहिलो खेलमा अहिले प्रदेश एक र ५ प्रतिस्पर्धाबिच प्रतिस्पर्धा भईरहेको छ । खेल सुनसरीको ईनरुवा क्रिकेट मैदानमा भईरहेको छ ।
सात प्रदेश, ३ विभागीयसहित मलेसीया र स्थानिय गरी १२ टोली सहभागी प्रतियोगितामा सहभागी टोलीलाई ४ समुहमा बिभाजन गरिएको छ । फाईनल खेल माघ ४ गते हुनेछ ।
