
ईनरुवा । सुनसरीको ईनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा प्रदेश एकले प्रदेश ५ सामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ईनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको एक नम्बर प्रदेश ३१ दशमलव २ ओभरमा १ सय २० रनमा समेटिएको हो । कमजोर सुरुवात गरेको प्रदेश एकका लागि फिर्दोष अन्सारीले सर्बाधिक २३ रन बनाए । कप्तान पुष्प थापा र दिपेश कडेलले समान २२ रन जोडे । लुभ कामतले ११ रन बनाएको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
प्रदेश ५ का बिक्रम भुषालले सर्बाधिक ५ तथा दुर्गेश गुप्ताले २ विकेट लिए ।
