Logo

एमएम कप एकदिवसीय क्रिकेटमा प्रदेश एकको विजयी सुरुवात

ई-खेलकुद २०७६ पुस १७ , बिहीबार ०२:०१ मा प्रकाशित

ईनरुवा । सुनसरीको ईनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल एकदिवसीय क्रिकेटमा प्रदेश एकले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा प्रदेश ५ लाई ६८ रनले हराउदै एक नम्बर प्रदेशले प्रतियोगीतामा सुखद सुरुवात गरेको हो । १ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश पाँच १८ ओभरमा ५२ रनमा समेटिएको थियो । बिराट भण्डारीले २८ र बिशाल बिक्रम केसीले १२ रन बनाएको ईनिङसमा अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । प्रदेश ५ का चार ब्याट्सम्यान खाता नै नखोली पभेलियन फर्किएका थिए । उसलाई झिानो स्कोरमा रोक्न दिपेश कडेल एक्लैले ६ विकेट चट्काए । मनोज तामाङ र मुकुन्द यादवको नाममा समान २ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक ३१ द्यशमलव २ ओभरमा १ सय २० रनमा समेटिएको थियो । फिर्दोष अन्सारीले २३ रन बनाएको प्रदेश एकका लागि कप्तान पुष्प थापा र दिपेश कडेलले समान २२ रनको योगदान गरे ।
प्रदेश पाँचका बिक्रम भुषालले ५ तथा दुर्गेश गुप्ताले २ विकेट लिए । अनिल खरेल, कृष्ण कार्की र जितेन्द्र सहनीको नाममा एक एक विकेट रह्यो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?