Logo

एमएमसीबिरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल २ सय ८ रनले पराजित

ई-खेलकुद २०७६ कात्तिक २२ , शुक्रबार ०२:११ मा प्रकाशित

काठमाण्डौ । मेरिलिबोन क्रिकेट क्लब एमसीसीबिरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल २ सय ८ रनले पराजित भएको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा ३ सय ९३ रनको उच्च लक्ष्यसहित दोस्रो ईनिङस थालेको नेपालले १ सय ८४ रन मात्र बनाएपछि भ्रमणकारी टोली फराकिलो जित निकाल्न सफल बन्यो । भरपर्दा ब्याट्सम्यानको लज्जास्पद ब्याटिङसंगै नेपालको ईनिङस पुछारका ब्याट्सम्यानले उकासेका थिए ।
नेपालका लागि सोमपाल कामीले सर्बाधिक ५१ रन बनाए । पहिलो ईनिङसमा पनि गतिलो ब्याटिङ गरेका सन्दिप लामिछानेले २५ रन जोडे ।
ओपनर राजु रिजालले ३१ रन बनाएको ईनिङसमा शरद भेषावकर १५, ज्ञानेन्द्र मल्लले ६ रन बनाए । मध्यक्रमका विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र पवन सरार्फ खाता नै नखोली आउट भए । आठौ विकेटका लागि सोमपाल कामी र करण केसीले ४६ रनको साझेदारी गर्दै नेपाली ईनिङस अघि बढाएका थिए । करण १८ रनमा एलबी डब्लू धरापमा परेपछि सोमपालले सन्दिपसंग मिलेर अर्को राम्रो साझेदारी गरे । तर त्यो साझेदारी हार टार्न पर्याप्त भएन् ।
तेस्रो दिनको पहिलो सेसनमा एमसीसीले ६ विकेट गुमाएर १ सय ८१ रन बनाउदै ईनिङस समाप्तीको घोषणा गरेपछि नेपालले फराकिलो लक्ष्य पाएको थियो । पहिलो ईनिङसमा उसले ३ सय ६४ रन बनाएको थियो । २ विकेट गुमाएर ९१ रनको अवस्थाबाट तेस्रो दिन सुरु गरेको एमसीसीले ९० रन जोड्दा महत्वपुर्ण ४ विकेट गुमाएको हो । टम वेस्ट्ली ३४, माइल्स हामान्ड ११ र एड योङलाई ३१ रन पभेलियन फर्किए । दोस्रो ईनिङसमा नेपालका करण केसीले ३, सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले समान एक विकेट लिए ।
पहिलो ईनिङसमा मात्र १ सय ५३ रनमा अलआउट भएको नेपालले अन्तिम दिनको पहिलो सत्रबाटै दोस्रो ईनिङस सुरु गरेको थियो । नेपाल र एमसीसीबिच भोली टी–२० क्रिकेट हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?