Logo

एभीसी सेन्ट्रल जोन महिला भलिबल : अफगानिस्तानबिरुद्ध नेपालको शानदार जित

ई-खेलकुद २०७६ कात्तिक २४ , आईतबार ०२:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले शानदार सुरुवात गरेको छ । ढाकामा आज भएको आफ्नो पहिलो खेलमा नेपालले कमजोर टोली अफगानिस्तानलाई ३–० को सोझो सेटले पाखा लगायो ।
शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा पहिलो सेटमा २५–४ को सहज जित हात पारेको नेपालले त्यसपछिका सेटमा २५–९ र २५–६ को फराकिलो जित हात पारेको हो । निक्कै कमजोर टोलीबिरुद्ध नेपालले सहज रुपमा अंक बटुलेको थियो । नेपालले आफ्नो दोस्रो खेलमा भोली कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार आयोजक बंगलादेशसंग खेल्ने नेपालले समुहचरणको अन्तिम खेलमा बुधबार माल्दिभ्सको सामना गर्नेछ । शीर्ष दुई स्थानमा रहने टोलीबिच उपाधि भिडन्त हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?