Logo

एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधीका लागि नेपाल र माल्दिभ्स भिड्दै

ई-खेलकुद २०७६ कात्तिक २८ , बिहीबार ०६:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा जारी एसीयन भलिबल कन्फेडेरेशन एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगीताको उपाधिका लागि नेपालले आज माल्दिभ्ससंग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित सहिद सुहारावर्दी ईन्डोर हलमा नेपाली समयानुसार दिउँसो पौने ३ बजे नेपाल र माल्दिभ्सबिचको उपाधि भिडन्त सुरु हुनेछ । समुहचरणमा अपराजित रहदै फईनल पुगेको नेपालले अन्तिम खेलमा हिजो माल्दिभ्सबिरुद्ध नै सोझो सेटको जित निकालेको थियो । उपाधिको मुख्य दाबेदार टोली नेपाल, पहिलो संस्करणकै उपाधि जित्ने योजनामा आज मैदान उत्रनेछ । पछिल्लो भेटमा पनि सहज जित निकालेकाले नेपाली महिला टोली सोहि लय कायम राख्दै माल्दिभ्सलाई हराउएर उपाधि जित्न चाहान्छ । माल्दिभ्सलाई भने समुह चरणमा भोगेको हारको बदला लिदै उपाधि हात पार्ने अवसर पनि रहेको छ ।
प्रतियोगीतामा नेपाल, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गीस्तान गरी ५ टोलीले सहभागीता जनाएका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?