Logo

एभीसी सेन्ट्रल जोन महिला भलिवलमा नेपालले आज बंगलादेशसंग खेल्दै

ई-खेलकुद २०७६ कात्तिक २६ , मंगलबार ०६:११ मा प्रकाशित

काठमाण्डौ । बंगलादेशमा जारी एसीयन भलिबल कन्फेडेरेशन एभीसी महिला च्यामिपयनसीपको आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित शहिद सुहारावर्दी ईन्डोर कोर्टमा नेपाली समयानुसार दिउसो पौने तीन बजे नेपाल र बंगलादेशबिचको खेल सुरु हुनेछ ।
अफगानिस्तान र किर्गीस्तान भन्दा बलियो प्रतिद्धन्दी बंगलादेशबिरुद्धको खेल नेपालका लागि केहि कठिन हुनेछ । यद्यपी लगातार तेस्रो जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा नेपाली टोली मैदान उत्रनेछ ।
५ राष्ट्र सहभागी प्रतियोगिता अन्तर्गत समुहचरणको अन्तिम खेलमा भोली माल्दिभ्सको सामना गर्नेछ । आजै अफगानिस्तान र किर्गीस्तानबिच पनि प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?