
काठमाण्डौ । नेपाली महिला भलिबल टोलीले बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । ढाकामा आज भएको खेलमा किर्गीस्तानलाई सोझो सेटले हराउदै नेपालले फाईनल प्रबेशको संभावना बलियो बनाएको हो ।
शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा पहिलो सेट २५–१५ ले जितेको नेपालले त्यसपछिका सेटमा २५–१९ र २५–२० को जित निकाल्यो । पहिलो खेलमा अफगानिस्तानबिरुद्ध सहज जित निजकालेको नेपालले २ खेलबाट ६ अंक जोडेको छ । नेपालले भोली आयोजक बंगलादेशको सामना गर्नेछ । भोलीको खेलमा जित हात पारे, नेपालले एक खेल अगावै फाइनलमा स्थान बनाउने । तुलनात्मक रुपमा बलियो टोलीका रुपमा रहेको बंगलादेशपछि नेपालको भेट बुधबार माल्दिभ्ससंग हुनेछ ।
