Logo

एभीसी सेन्ट्रल जोन भलिवल प्रतियोगिताको पाँचौ संस्करण भोली सुरु हुदै

ई-खेलकुद २०७६ भदौ १ , आईतबार ०४:०८ मा प्रकाशित

काठमाण्डौ । पाँचौ संस्करणको एभीसी एसियन सिनियर पुरुष भलिबल च्याम्पियनसिप भोली सुरु हुदैछ । ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन खेलमा भोली तुर्केमिनिस्तान र अफगानिस्तानबिच प्रतिस्पर्धा हुनेछ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कर्भड हलमा बिहान १० बजे यी २ टोलीबिचको प्रतिस्पर्धा सुरु हुनेछ ।
भोलीको दोस्रो खेलमा नेपालले किर्गिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलपनि सोहि कोर्टमा अपरान्ह ४ बजे सुरु हुनेछ । बलियो टोली किर्गिस्तानलाई हराउन सके, एक खेल अगाबै नेपाल फाइनल पुग्नेछ । तर त्यो सहज भने पक्कै हुने छैन् । किर्गिस्तानसंग यसअघि भएका चारै भेटमा पराजित भएको तथ्यङकले पनि नेपाललाई केहि कठिन हुने देखिएको छ । यद्यपी घरेलु मैदानमा आयोजना भएको प्रतियोगितामा नेपाल नतिजा उल्टाउन चाहान्छ ।
तेस्रो खेलमा साँझ ६ बजे बंगलादेश र उज्वेकिस्तानबिच प्रतिस्पर्धा हुनेछ । नेपालले समुहचरणको आफ्नो अन्तिम खेलमा बुधबार माल्दिभ्सको सामना गर्नेछ । समुह एमा ३ र समुह बीमा ४ टोली रहेकाले एक जितले मात्र समुह एका टोलीलाई सेमिफाइनलमा पुर्याउनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?